/

नेप्सेमा सुधार , आज दोहोरो अंकको वृद्धि

167 पटक हेरिएको

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार गएको कारोबार दिन सोमबारदेखि उकालो लाग्न थालेको छ । सोमबार २१ अंक बढेर बन्द भएको नेप्से परिसूचकले आज पनि आफ्नो उकालो यात्रालाई निरन्तरता दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज (मंगलबार) नेप्से ११.२२ अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ०.६० प्रतिशतले बढेर १८५८.७६ विन्दुमा बन्द भएको छ ।

यस दिन ९९ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार भने ९३ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार हो ।

सर्वाधिक सेयर मूल्य वृद्धि लक्ष्मी लघुवित्त वित्तीय  संस्थाको भएको छ  । यो कम्पनीको सेयर मूल्य ८.१६ प्रतिशतले बढेर प्रतिकित्ता ६८९ रूपैयाँ कायम भएको छ 

सर्वाधिक सेयर मूल्य घट्नेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य ८.२६ प्रतिशतले घटेर प्रतिकित्ता ९५५ रुपैयाँ कायम भएको छ ।

हिमालयन बैंकको प्रमोटर सेयर सात लाख ४५ हजार ४६० कित्ता ९ करोड १६ लाख रुपैयाँमा कारोबार भएको छ ।

निर्जीवन बिमा समूहको परिसूचक घटेकोे छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । निर्जीवन बिमा समूहको परिसूचक ०.१८ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि लगानी समूहको १.५१ प्रतिशत भएको छ ।

यसदिन २८५ धितोपत्रको ४३ लाख ३१ हजार २२९ कित्ता खरिद–बिक्री भएको छ ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।