दोहा : कतारमा रहेको नेपाली राजदूतावासमा आवेदन दिनु भएका आवेदकहरु मध्ये राजदूतावासले प्रकाशन गरेको सूचीमा नाम भएका 5,834 जनाको ईपासपोर्ट तयार भई आएको कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको छ ।
नवेम्बर १९ आइतबार दुतावासको वेबसाईटमा प्रकाशित सुचनामा पुरानो राहदानी, राजश्व तिरेको सक्कली नगद रसिद लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई जानकारी गराएको छ । राहदानी तयार भएका व्यक्तिहरुको नामवली सूची यहाँ क्लिक गरेर हेर्नुहोस् । राजदूतावासले आबेदन दिएका तर यो नाम लिस्टमा नाम नभएका आवेदक लाई अर्को सूचनाको प्रतिक्षा गर्नु हुन अनुरोध समेत गरेको छ l