/

नेप्से परिसूचक करिब २४ अंकले घट्यो

188 पटक हेरिएको

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक करिब २४ अंकले घटेको छ । नेप्से परिसूचक मंगलबार २३.८२ अंकले घटेर १८२९.६५ को बिन्दुमा झरेको छ ।

यसदिन २८५ धितोपत्रको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर ९५ करोड चार लाख ७९ हनार ५८३ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.२५ प्रतिशतले घटेर ३५२.०५ को बिन्दुमा कायम भएको छ । 
आज १३ वटा उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

आज मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशत र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।