काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ४५.९५ अंकले बढेको छ । नेप्से २.२३ प्रतिशतले बढ्दा २१०६.४८ को विन्दुमा पुगेको छ ।
आज १३ वटै उपसमूहको समूहगत सूचक उकालो लागेको छ । ३१३ धितोपत्रका एक करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजा १७५ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
१८३ कम्पनीको सेयर मूल्य बढेको छ । ५३ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्केम–२ को सेयर मूल्य सर्वाधिक ७.२६ प्रतिशतले घटेको छ ।
सोमबार नेप्से ३८.१४ अंकले बढ्दा २०६०.४९ को विन्दुमा कायम भएको थियो । आइतबार नेप्से २७.७५ अंकले बढेको थियो ।