अर्जुन पौडेल
दोहा : नेपाली पन्चे बाजा सहित कतारमा एउटा नेपाली रेस्टुरेन्ट ले भब्य उद्घाटन गरेको छ l वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका उर्जावान युवाहरुको लगानीमा नेपाली रेस्टुरेन्ट नियुक्ती भान्साको सुरु गरिएको हो l
वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायीक सिलसिलामा करिब साढे तीन लाख नेपाली कतारमा कार्यरत रहेका छन् । तीनै नेपालीहरू मध्येका दुई जना नेपालीले आफ्नो रेस्टुरेन्ट व्यवसायलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन् । कतारको दोहा शहरदेखि केहि पर नयाँ औधोगिक क्षेत्र र नया बसोबास क्षेत्र बिर्कात भन्ने ठाउमा तेही वरीपरी बसोबास गर्ने नेपाली तथा गैर नेपाली हरुलाई नेपाली खानाको स्वाद दिनको लागी रोजकारिकै सिलसिलामा रहेका युवाले आफुले लगानी गरेर थप केहि नेपालीलाई रोजगारी दिने हेतुले रेस्टुरेन्ट सुरु गरिएको संचालक हरु बताउछन l
एन आर एन ए एन सी सी कतारका तृतीय उपाध्यक्ष सन्दिप भट्टराई लागायत कतारमा स्पथापित संघ संस्थाका प्रतिनिधिहरु , अन्य नेपाली ब्यावसायी हरुको उपस्थितिमा व्यवासायी तथा रेस्टुरेन्ट संचालक दुर्गा प्रसाद भट्टराई सिरियन नागरिक अब्दुल्ला अवादले संयुक्त रिवन काटेर रेस्टुरेन्टको समुद्घाटन गरेका थिए l करिब ५०० भन्दा बढीको उपस्थिति रहेको समुद्घाटन समारोहमा कृष्ण मुर्तीको पन्चे बाजाको टिमले उपस्थित सबैलाई मनोरंजन समेत दिएको थियो l
बिदाको अघिल्लो दिन विहिबार औपचारीक उद्घाटन गरेता पनि डिसेम्बर 22 सुक्रबार आफ्नो सांगेतिक कार्यक्रमको क्रममा कतारमा रहेका नेपाल आइडलबाट चर्चामा आएका सर्जक तथा गायक निशान भट्टराईले समेत उपस्थिति जनाई ब्यावसायीक सफलताको शुभकामना दिदै परदेशमा नेपाली ब्यावसायीहरु बढेकोमा खुशी ब्यक्त गरेका थिए ।
भट्टराई ट्रेडिङ र कन्टिन्यु मार्ट पहिले देखिने सोहि ठाउमा संचालन गरेका संचालक दोय सुनिल भट्टराई र दुर्गा प्रसादले सफा र स्वच्छ खाना खुवाउने प्रतिवद्धता समेत व्यक्त गरे l

