दोहा कतार – कतारको अलखोरमा नेपाली रेस्टुरेन्ट “गाउँ बेशी” खुलेको छ । दोहा देखी लगभग ५० किलोमीटरको दुरीमा रहेको अल्खोर लुलु सुपरमार्केटको अगाडि कवायन हाइफर मार्केट नजिकै रेष्टुरेन्ट नेपाली राजदूतावास कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकालको हातबाट रिवन काटेर सुभारम्भ गरिएको हो ।
पछिल्लो समय रोजगारीको सिल सिलामा कतारमा रहेर पनि आफुले आर्जेको केहि रकम जम्मा पारेर नेपाली हरुलाई ई रोजगार दिने हेतुले व्यावसाय गर्ने नेपाली हरुको संख्या उलेख्य मात्र मा बढेको छ । डिसेम्बर २२ सुक्रबार भएको उट्घाटन कार्यक्रममा अलखोरमै बसोबास गर्ने थुप्रै नेपाली परिवार साथै रसलाफानमा बस्ने नेपाली तथा गैर नेपालीहरुको उलेख्य मात्रामा उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा सामाजिक व्याक्तित्वहरु देवकाजी डंगोल, सागर नेपाल, चानख पोख्रेल, क्रान्ति सिंह, बिमल सुवेदी, होमनाथ शर्मा, एनसिसि कतारका पुर्व अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान लगायत नेपाली जनसम्पर्क समिती कतार उप – सभापति ठाकुर कुमार परियार, प्रवासी नेपाली मञ्च कतार अध्यक्ष प्रभात त्रिपाठि, नेपाली जनप्रगतिशील मञ्च कतार अध्यक्ष बुद्धि प्रसाद भन्डारी, कतार नेपाली एकता समाज उपाध्यक्ष कमल आचार्य, अन्तरास्ट्रिय नेपाली समाज कतार अध्यक्ष राजाराम शाहि, एनआरएनए आइसिसि सदस्य दिपजङ्ग साह, नेपाली महिला समाज कतार अध्यक्ष सरिता भन्डारी पौडेलको साथै विभिन्न संघ सस्थाका प्रमुखहरु लगायत करिब ५०० को हाराहारीमा नेपाली र केही कतारि नागरिकहरुको उपस्थिति रहेको थियो ।
कतारमा खुलेका नेपाली रेस्टुरेन्टहरु मध्येकै धेरै लगानीमा अत्यन्तै आकर्षक डिकुरेसन भएको गाउँबेशीमा एकपटकमा ७०- ८० जनालाई सेवा दिन सकिनेछ र रेस्टुरेन्टमा अहिले १४ जनालाई रोजगारी दिइएको रेस्टुरेन्ट संचालकले जानकारी गराएका छन । साफा स्वाथ्य र बिसुद्द पारिवारिक बातावरण्का साथ खुलेको यो रेस्टुरेन्ट्मा अन्य रेस्टुरेन्ट्मा भोग्दै आएको पार्किङ्गको समस्या नभएको पनि संचालक हरु बताउछन ।
अल्खोर र रस्लाफानमा गरि लगभग ५० हजार भन्दा धेरै नेपाली र अन्य मुलुकका ६० हजार भन्दा धेरै नागरिकहरु बसोबास गर्छन, सोही नेपाली र अन्य मुलुकका नागरिकलाई लक्षित गर्दै उक्त रेष्टुरेन्ट संचालनमा ल्याइएको पनि खुलेको छ। सञ्चालकहरुले आफूले व्यवसायलाई गर्ने मात्र नभई नेपाली तथा एसियन मूलका नागरिकहरूलाई उत्कृष्ट नेपाली स्वादमा खाना खुवाउने लक्ष्य लिएको बताउदै अल्खोर लुलु मार्केटको अगाडि कवायन हाइफर मार्केट नजिकै रहेको उक्त रेष्टुरेन्टमा दोहाकै सस्तो र सुपथ मुल्यमा सबै प्रकारका नेपाली खानाको स्वाद लिन सकिनुको साथै फ्रि होम डेलिभरीको पनि व्यवस्था गरिने जानकारी गराएका छन ।

