/

कर्णाली प्रदेश सेवा समाज कतारले फेब्रुअरी ९ मा रक्तदान कार्यक्रम गर्दै

525 पटक हेरिएको

दोहा – दोहा : कर्णाली प्रदेश सेवा समाज दोहा कतारको आयोजना र नेपाली रक्तदाता संघ,कतारको समन्वयमा ९ फेब्रुअरी २०२ ४ शुक्रबारका दिन “बृहत रक्तदान कार्यक्रम हुने भएको छ । 

समाजका अध्यक्ष मोतीलाल बुढामगरका अनुसार हमाद (Blood Donar Center) को सभाहलमा बिहानको समय ८ बजे देखि दिनको १ बजे सम्म रक्तदान कार्यक्रम संचालन हुने छ ।

साथै रक्तदाताले रक्तदान गर्दा ध्यानदिनु पर्ने कुराहरु निम्न लिखित रहेका छ्न ।

१) रक्तदाता रक्तदान गर्न आउदा आफ्नो कतारी आइडि वा लाईसेन्स वा हेल्थाकार्ड अनिवार्य हुनुपर्ने l 

२) रक्तदाता कतार प्रवेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ l 

३) रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना (६०दिन) पुरा भएको हुनुपर्नेछ l 

४) रक्तदाता कम्तीमा ७ घन्टा सुतेको, एन्टिबायोटिक औषधि सेवन नगरेको, पछिल्लो २४ घन्टा भित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ l 

५) रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तिमा ५० केजी हुनुपर्नेछ l 

६) रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा खटिएका स्वास्थकर्मी बाट निर्धारण गरे बमोजिम हुनेछ l 

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।