//

ईदको दोस्रो दिनअस्मिता र बसन्तले कतार बासी नेपालीलाई नचाउने

570 पटक हेरिएको

दोहा : ईदको दोस्रो दिनअस्मिता र बसन्तले कतार बासी नेपालीलाई नचाउने भएकी छन l “नेपालीहरुको नयाँ वर्ष २०८१ तथा ईस्लाम धर्मावलम्बीहरुको महान पर्ब ईद उल फितरको” शुभ अवसरमा ईदको दोस्रो दिन ख्याती प्राप्त चर्चित तनहुंगे कलाकारहरु लोकदोहोरी गायिका (अस्मिता डल्लाकोटि ) र गायक “बसन्त बिस्वकर्माले कतार बासी नेपालीलाई नचाउने भएका हुन् l

बहुउधेश्यी अक्षय कोषको सहोगार्थ हुने बृहत साँस्कृतिक कार्यक्रम २०२४ मा नेपाल बाट आमन्त्रित कलाकारका साथै र कतारमै रहेका नेपालि कलाकारहरु द्वारा तनहुँको चिनारी भनेर चिनिने कौरा ( चुट्का ) बिशेस समेत समेटिने तनहुँ सेवा समाज कतारका अध्यक्ष पदम गिरिले बताए । 

बिशुद्द परोपकारी कार्यको सहोगार्थ आयोजित कार्यक्रमलाई भब्य र सव्य रुपमा सफल पार्नका लागि उक्त मितिमा कुनै पनि कार्यक्रमहरु तय गरि नजुधाईदिनुहुन महासचिब सन्तोष रेग्मीले आग्रह गरेका छन । रेग्मीले कार्यक्रम सफल पार्न सबैले आ आफ्नो ठाउबाट सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गरेका छन् । 

“सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान,सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मुल नाराका साथ २००४ मा कतारमा स्थापित तनुङ्गेहरुको साझा संस्था तनहुँ सेवा समाज दोहा कतारले स्थापना कालदेखिनै प्रबास लगायत गृहजिल्लामा बिबिध सामाजिक र परोपकारी कार्यहरु गर्दै आईरहेको छ ।

आउँदो अप्रिल ११ तारिक, दोहा स्थित होटल होलिडेकोको सभाहलमा आयोजना हुन लागेको बृहत साँस्कृतिक´ कार्यक्रमको तयारी तीब्र बनेको, आयोजक संस्था तनहुँ सेवा समाज कतारले जनाएको छ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।