/

बार्षिक साधारणमा गण्डकी प्रदेश समन्वय परिषद कतारले स्वास्थ्य सचेतना कार्यक्रमण गर्ने

244 पटक हेरिएको

दोहा, गण्डकी प्रदेश समन्वय परिषदकतारले स्वास्थ्य सचेतना कार्यक्रमण गर्ने  भएको छ आगामी असार १९ गते (जुलाई ५, २०२४) आफ्नो बार्षिक साधारण सभामा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गर्ने भएको हो l

बिभिन्न समयमा संस्थाले विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ,  जसमा रक्तदान कार्यक्रम, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, तथा स्वास्थ्य सचेतना कार्यक्रमहरु रहेका छन्  l

कार्यक्रम फुलबारी रेस्टुरेन्ट, सनैयामा बिहान ११ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा मनोविज्ञानविद् डा. बाशु आचार्यले “मानसिक स्वास्थ्यको महत्व र यसको स्याहार कसरी गर्ने” भन्ने विषयमा सचेतना मुलक प्रशिक्षण गर्ने छन् l

कार्यक्रममा गण्डकी प्रदेशबाट कतारमा रहेका नेपालीहरुको साथै अन्य जिल्ला बासीहरुको बाक्लो  सहभागिता रहने अपेक्षा गरिएको छ।

गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सस्थाहरु समेत  सह-आयोजकको रुपमा रहेको यो कार्यक्रममा सहभागिताको लागी कतारमा स्थापित सस्था हरुलाई निमन्त्रणा गरिएले जनाएको छ l

यो कार्यक्रम गण्डकी कतारबासी नेपालीहरुका लागि एक महत्वपूर्ण अवसर हो।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।