///

कतारमा मानव सेवा आश्रमको सहयोगार्थ भव्य साँगीतिक धमाका: पल शाह, टंक तिमिल्सिना र स्मारिका ढकाल आउँदै

120 पटक हेरिएको

दोहा, कतारमा नेपाली समुदायको लागि “नेपाली इद धमाका-२०२५” नामक विशेष साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व “इद”को अवसर पारेर “मानव सेवा आश्रम नेपाल”को सहयोगार्थ यो कार्यक्रम आयोजना गरिएको हो।

“दि गोरखा इन्टरटेन्मेन्ट हाउस कतार”को आयोजना र नेपाली फिटनेस टिमको सहकार्यमा आगामी मार्च ३१, २०२५ मा “अल लुक्ता” स्थित “ट्युनिसियन स्कुल”को सभाहलमा यो कार्यक्रम हुनेछ। दिउँसो १२:३० बजेबाट सुरु हुने कार्यक्रममा सुपरस्टार नायक पल शाह, लोकप्रिय गायक टंक तिमिल्सिना र चर्चित नृत्याङ्गना स्मारिका ढकालले आफ्नो प्रस्तुति दिनेछन्। पल शाहको दमदार अभिनय सहितको नृत्य, टंक तिमिल्सिनाको सुमधुर गायन र स्मारिका ढकालको आकर्षक नृत्यले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

कार्यक्रमका संयोजक तिलु शर्मा पौडेलले कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको र यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए। उनले मानव सेवा आश्रमलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कार्यक्रमका म्यानेजर राकेश श्रेष्ठले कार्यक्रम विशुद्ध रूपमा मानव सेवा आश्रम नेपालको सहयोगार्थ आयोजना गरिएको बताए। उनले कार्यक्रमको मुनाफाबाट कम्तीमा एक लाख नेपाली रुपैयाँ मानव सेवा आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे। साथै, कार्यक्रममा सहभागी हरुलाई आउन जानको लागि यातायातको सुबिधा पनि रहेको जानकारी गराए।

श्रेष्ठले २५ वटा टिकट बिक्री गर्नेलाई विशेष पास, ५० भन्दा माथि टिकट बिक्री गर्नेलाई सिल्भर प्रायोजक, १०० भन्दा माथि टिकट बिक्री गर्नेलाई गोल्डेन, १५० भन्दा माथि टिकट बिक्री गर्नेलाई प्लाटिनम र २०० भन्दा माथि टिकट बिक्री गर्नेलाई डाइमन्ड प्रायोजकको रूपमा राखिने जानकारी गराए।

“धमाका कार्यक्रमको मेकअप पार्टनर रहेको “हर्मोसा ब्यूटी सेन्टरले ” कार्यक्रम सक्किएको ४५ दिन सम्म टिकटको अर्धकट्टी लागेको खण्डमा कुनैपनि सर्भिसमा २५ % छुट हुने व्यबस्था गरिएको जानकारि गराइएको छ । 

कार्यक्रमबारे थप जानकारीको लागि कार्यक्रम म्यानेजर राकेश श्रेष्ठ – 5599 7539, कार्यक्रम संयोजक तिलु शर्मा पौडेल- 55347957, कृष्ण ढकाल- 3164 6365 र कृष्ण सुनार- 6618 5582 सगँ सम्पर्क गर्न सकिनेछ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।