सेयर बजारमा २७ अंकको वृद्धि, कारोबार रकम ८.५४ अर्ब पुग्यो

21 पटक हेरिएको

काठमाडौं । सेयर बजार परिसूचक २७ अंकले उकालो लागेको छ । मंगलबार बजार २७.१४ अंकले बढेर २,६८९.२२ विन्दुमा पुगेको छ ।

बजारमा तेजी आउँदा २१२ कम्पनीको सेयरमूल्य बढेको छ भने ३४ कम्पनीको सेयरमूल्य घटेको छ ।

कारोबार रकम आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । आज दुई करोड १८ लाख ४१ हजार कित्ता सेयर ६९ हजार ३६४ पटक खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोसी विकास बैंक र नेपाल माइक्रो इन्स्यारेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

यता, बलेफी हाइड्रो, विन नेपाल लघुवित्त, एनआएबीएल स्टेबल फन्ड, आत्मनिर्भर लघुवित्त र अप्पर सोलु हाइड्रोको सेयरमूल्य भने धेरै घटेको छ ।

बढ्दो बजारमा व्यापार र म्युचअल फन्ड समूहको सेयरमूल्य केही घटे पनि बाँकी समूहको सेयरमूल्य बढेको छ ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।