काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०१ अंकले बढ्दै २,६९६.२३ विन्दुमा पुगेको छ ।
यद्यपि, कारोबार रकममा भने कमी देखिएको छ । आज सात अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको छ, जुन मंगलबारको साढे आठ अर्बको तुलनामा कम हो ।
आज १४७ कम्पनीको सेयरमूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य स्थिर रहेको छ । लक्ष्मी लघुवित्त र सूर्याेदय वमी लघुवित्तको सेयरमूल्यमा कुनै परिवर्तन भएको छैन ।
कर्पाेरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले उकालो लागेको छ । यता, गुराँस लघुवित्तको सेयरमूल्य भने ५.५५ प्रतिशतले घटेको छ ।
कारोबारमा संलग्न १३ समूहमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी छ समूहको घटेको छ