/

नेप्से परिसूचक २,८७०.६२ मा बन्द, पाँच महिनायताकै उच्च

107 पटक हेरिएको

काठमाडौं, साउन २, २०८२ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ७५.८४ अंकले उकालो लागेर २,८७०.६२ विन्दुमा बन्द भएको छ । यो २.७१ प्रतिशतको वृद्धि हो र पाँच महिनायताकै उच्च स्तर हो । यसअघि फागुन २० मा नेप्से २,८४६ विन्दुमा पुगेको थियो ।

आजको कारोबार रकम पनि उल्लेखनीय रह्यो । कुल १६ अर्ब ५९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ, जुन पाँच महिनायताकै उच्च कारोबार हो ।

बजारमा कारोबार भएका २३९ कम्पनीको सेयरमूल्य बढेको छ भने ९ कम्पनीको सेयरमूल्य घटेको छ । पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर, शुभम पावर, थ्री स्टार हाइड्रोपावर, इस्टन हाइड्रोपावर र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

सबै १३ वटा समूहको परिसूचकमा वृद्धि भएको छ । ‘अन्य’ समूहको परिसूचक ५.०९ प्रतिशतले बढेर सबैभन्दा उच्च वृद्धि हासिल गरेको छ ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।