/

कतार एनआरएनएको अध्यक्षमा कृष्ण पन्थी सर्वसम्मत, ११ औं एकता महाधिवेशन सम्पन्न

182 पटक हेरिएको

दोहा, कतार — गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कतारको ११ औं राष्ट्रिय एकता महाधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व अर्थमन्त्री तथा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यता र संघका अध्यक्ष रमेश भट्टको सभाध्यक्षतामा दोहामा शुक्रबार सम्पन्न भएको छ। महाधिवेशनले कृष्ण पन्थीलाई २०२५–०२७ कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। पन्थी यसअघि वरिष्ठ उपाध्यक्ष थिए।

महाधिवेशनले प्रथम उपाध्यक्षमा रविन मगर, द्वितीय उपाध्यक्षमा जहाँगीर आलम, महिला उपाध्यक्षमा टौमाया गुरुङ र युवा उपाध्यक्षमा मेहरसिंह तामाङलाई सर्वसम्मत चयन गरेको छ। त्यस्तै, महासचिवमा विवेक पुलामी मगर, सचिवहरूमा बुद्ध पाण्डे, सुजन गुरुङ, अर्जुन संगौला, कोषाध्यक्षमा कवीन्द्र कँडेल, सहकोषाध्यक्षमा कान्छा श्रेष्ठ (अजय), महिला संयोजकमा कल्पना पुन मगर र युवा संयोजकमा केशवराज मल्ल (केशु) चयन भएका छन्।

सदस्यहरूमा रीता पोखरेल, इन्दिरा शाह, रामचन्द्र गिरी, अमृत विश्वकर्मा, गणेश अधिकारी, राजन चापागाई, तारा टमाटा (कमल), डिल्लीराम भट्टराई, मोहम्मद रफिक रायन, दर्शन सुनार, प्रकाश विक, विश्वनाथ भट्टाराई, गोरखबहादुर चन्द ठकुरी, मोहम्मद अनवारुल हक, शेष मोमताज, प्रकाश थापा, सुशीलकुमार सुब्बा, कृष्ण भण्डारी र पुष्करबहादुर साउद चयन भएका छन्।

महाधिवेशनमा २०२३–०२५ कार्यकालका लागि साहित्य पुरस्कार श्यामराज रानाभाट, पत्रकारिता पुरस्कार राम एकवाल राम र स्वास्थ्य तथा खेलकुद पुरस्कार दिलीप कार्कीलाई प्रदान गरिएको छ। प्रत्येकलाई १५ हजार नगदसहित सम्मान गरिएको थियो। साथै, एनसीसीका विभिन्न विभागमा योगदान पुर्‍याउने व्यक्तित्वहरू, विधान संशोधन समिति, एकताका लागि पहल गर्ने संघसंस्थाहरू, सल्लाहकारहरू र पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो।

डा. प्रकाशशरण महतले सम्बोधनका क्रममा कतारमा एनसीसीको विभाजन हुनुको कुनै कारण नरहेको बताउँदै एकताको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए। उनले नेपाली राजदूतावासलाई नेपाल सरकारको प्रतिनिधि संस्थाको रूपमा उल्लेख गर्दै आधिकारिक एनसीसीको महाधिवेशनमा सहभागिता नहुनु दुखद् भएको बताए। उनले साझा एनसीसी निर्माणका लागि आग्रह गरे।

एनआरएनएको एकताका लागि गठित समितिमा बद्री केसीको असहभागिताले आइसीसी र एनसीसीमा समस्या उत्पन्न भएको उल्लेख गरियो। तथापि, एकताको प्रयासलाई निरन्तरता दिँदै एनसीसीमार्फत सबैलाई जोड्ने विश्वास व्यक्त गरिएको छ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।