/

तिहारअघि नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम घट्यो

205 पटक हेरिएको

काठमाडौं । आइतबार तिहारअघिको सेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.६७ अंकले बढेर २,५०३ विन्दुमा कायम भएको छ। गत बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ७९ करोडको मात्र कारोबार भएको छ, जसले कारोबार रकममा कमी देखाएको छ।

बजारमा १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ। ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। अधिकांश सेक्टरका सूचकमा सकारात्मक प्रभाव देखिएको छ। बैंकिङ ०.८७, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.७०, लगानी ०.७५, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स ०.४७, अन्य १.१६ र व्यापार ०.९० प्रतिशतले बढेका छन्। यद्यपि, विकास बैंक ०.२१ र निर्जीवन बीमा समूह ०.३४ प्रतिशतले घटेका छन्।

आत्मनिर्भर लघुवित्त र हिमालयन पावर पार्टनरको शेयर मूल्य १० प्रतिशतले बढेको छ। भगवती हाइड्रोपावरको ९.८८, एसियन हाइड्रोपावरको ७.८० र अभियान लघुवित्तको ६.०१ प्रतिशतले वृद्धि भएको छ। कालिका लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशतले घटेको छ। त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सको ३.७० र मुक्तिनाथ विकास बैंकको ३.४२ प्रतिशतले कमी आएको छ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, सीईडीबी होल्डिङ्स र हिमालयन रिइन्स्योरेन्स रहेका छन्।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।