कतारमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं वार्षिक साधारणसभा तथा सांस्कृतिक कार्यक्रम हुँदै

225 पटक हेरिएको

दोहा, कतार – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाले आफ्नो आठौं वार्षिक साधारणसभा, आठौं वार्षिकोत्सव तथा विभिन्न सांस्कृतिक कार्यक्रमको भव्य आयोजना गर्दैछ। प्रवासमा नेपाली लोक संगीतको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस संस्थाले आगामी नोभेम्बर १४ तारिखमा यो कार्यक्रम सम्पन्न गर्ने भएको हो।

कार्यक्रम आगामी १४ नोभेम्बर २०२५ (शुक्रबार) का दिन साँझ ठीक ११:०० बजे देखि फुटबलरी रेष्टुरेन्ट मा आयोजना हुनेछ। संस्थाका अध्यक्ष तथा आयोजक समितिले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनुहुन हार्दिक अनुरोध गरेको छ।

“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, सन्तति सम्मान तथा प्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस संस्थाले प्रवासमा नेपाली कला, संस्कृति र लोक दोहोरीको जगेर्ना गर्दै आएको छ।

कार्यक्रममा वार्षिक प्रतिवेदन पेश, आर्थिक हिसाब सार्वजनिक, नयाँ कार्ययोजना छलफलका साथै मनोरञ्जनात्मक लोक दोहोरी, नृत्य तथा सांस्कृतिक प्रस्तुति रहनेछन्। कतारवासी नेपालीहरूबीच एकताको सन्देश प्रवाह गर्न र नेपालीपनको झल्को दिन यो कार्यक्रम कोशेढुङ्गा साबित हुने विश्वास आयोजकको छ।

प्रवासमा नेपाली संस्कृतिको संवाहक बन्दै आएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतार शाखालाई सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।