/

स्याङ्जा आरुचौर एकता समाज पोखराको अध्यक्षमा प्रतापराज पौडेल

306 पटक हेरिएको

पोखरा, ५ पुस

स्याङ्जा आरुचौर एकता समाज पोखराको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार पोखराको मेधलाङमा सम्पन्न भएको छ। पारिवारिक वनभोजसहितको मनोरम वातावरणमा आयोजित अधिवेशनले प्रतापराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।समाजका अध्यक्ष अमृत घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सल्लाहकार एवं पूर्व प्राध्यापक उमाकान्त पौडेल प्रमुख अतिथि रहनुभएको थियो।

प्रमुख अतिथिको आसनबाट बोल्दै पौडेलले समाजको एकता र आरुचौरबासीहरूको सामूहिक हितका लागि संस्थाको भूमिका अपरिहार्य रहेको बताउनुभयो।अधिवेशनले आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा टिकाराम ढुङ्गाना, उपाध्यक्षमा कूल प्रसाद लामिछाने, सचिवमा अर्जुन सापकोटा र कोषाध्यक्षमा सावित्री सिग्देललाई चयन गरेको छ। त्यसैगरी सह–सचिवमा सन्तोष बगाले र सह–कोषाध्यक्षमा गिता क्षेत्री चयन हुनुभएको छ। कार्यसमिति सदस्यहरूमा राम प्रसाद पोखरेल, महेश पौडेल, आविष्कार क्षेत्री, गोविन्द खनाल र डिलमाया क्षेत्री रहनुभएको छ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे, अर्जुनचौपारी गाउँपालिका–५ का वडा सदस्य टेकनाथ खनाल, अर्जुनचौपारी पोखरा बचत तथा ऋण सहकारीका अध्यक्ष डा. भवानी शंकर पौडेल, अर्जुनचौपारी पोखरा सम्पर्क समाजका अध्यक्ष गोविन्द काफ्ले, दरौ पोखरा सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष विजय कुमार खड्का क्षेत्री र रापाकोट पोखरा सम्पर्क समाजका अध्यक्ष महेश्वर रिसाल लगायतको विशेष उपस्थिति रहेको थियो।सोही अवसरमा संस्थाका सल्लाहकारहरू र विभिन्न महानुभावहरूलाई सम्मान स्वरूप ‘मायाको चिनो’ प्रदान गरिएको थियो।

अधिवेशनमा आरुचौरबाट पोखरा आई विभिन्न पेशा र व्यवसायमा आबद्ध प्रबुद्ध व्यक्तित्वहरू, विद्यार्थी तथा स्थानीयहरूको बाक्लो सहभागिता थियो।खगेन्द्रराज घिमिरे संयोजक तथा गोविन्द प्रसाद सापकोटा र खरि लाल पौडेल सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको हो। कार्यक्रममा सचिव लक्ष्मी रिमालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सावित्री सिग्देलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन निवर्तमान सचिव लक्ष्मी रिमालले गर्नुभएको थियो।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।