२०२६ फिफा विश्वकप फुटबलको भव्य समारोह स्पेनले उपाधि उचालेसँगै समाप्त भएको छ। अमेरिकाको न्यू जर्सीमा भएको फाइनल खेलमा स्पेनले रक्षक च्याम्पियन अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि दोस्रो पटक विश्वकपको ट्रफी जितेको हो। उक्त खेल हेर्न हजारौं दर्शकसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि स्टेडियम पुगेका थिए।
नेपाली फुटबल प्रेमीका लागि भने यो प्रतियोगिता रातभर जाग्राम बस्नुपर्ने अवस्था थियो, तर खेलको रोमाञ्चकता र आकर्षणले त्यो असुविधालाई छायामा पारेको थियो। यसपटक एसियाली र अफ्रिकी राष्ट्रहरू प्रतियोगितामा सहभागी भए पनि फाइनलमा पुग्न सकेनन्, जसले गर्दा यूरोप–ल्याटिन अमेरिकाको प्रतिस्पर्धा कायमै रह्यो।
नेपाली फुटबलको अवस्था
नेपालमा फुटबलको इतिहास १९२१ सालदेखि राणा शासनकालमा भए पनि औपचारिक रूपमा १९५१ मा नेपाल फुटबल संघ (एन्फा) स्थापना भएको थियो। तर, फिफाको सदस्यता भने १९७२ मा मात्र प्राप्त भयो। यस पटकको विश्वकप हेर्दा नेपाली फुटबलप्रेमीको मनमा दोहोरो पीडा थियो, किनभने नेपाल खेल परिषद्को कथित हस्तक्षेपका कारण एन्फा फिफाबाट निलम्बित भएको छ। निलम्बनका कारण एन्फा अहिले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाएको छैन।
नेपाली पुरुष फुटबल टोली विश्व वरीयतामा १७७औं स्थानमा छ। यसले दोस्रो चरणको समूह ‘एच’ मा युनाइटेड अरब इमिरेट्स, बहराइन र यमनसँग प्रतिस्पर्धा गरे पनि सफल हुन सकेन। नेपाली महिला फुटबल टोली भने ८८औं स्थानमा छ।
प्रतियोगिताका आकर्षण र विवाद
यस विश्वकपले धेरै राम्रा तथा नराम्रा पक्षहरू देख्यो। सानो राष्ट्र काबो भर्देले ३२ टोलीको प्रतिस्पर्धामा स्थान बनाउँदै इतिहास रच्यो। उसले विजेता स्पेनसँग बराबरी खेल्यो र उपविजेता अर्जेन्टिनासँग अतिरिक्त समयमा ३–२ ले हार्यो। काबो भर्देका ४० वर्षीय गोलरक्षक भोजिन्हाले कम्तीमा सात उत्कृष्ट बचाउ गरे। अर्कोतर्फ, १९ वर्षीय स्पेनी फरवार्ड लामिन यामाल र फ्रान्सेली स्ट्राइकर एम्बाप्पे (१० गोल, गोल्डेन बुट) पनि चर्चामा रहे।
विवाद पनि उत्तिकै थियो। अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनलाई रातो कार्डको कारण एक खेलको प्रतिबन्ध हुनुपर्नेमा अमेरिकी राष्ट्रपति ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेपछि खेल्न दिइएको थियो। यो निर्णयलाई कालो धब्बाको रूपमा हेरिएको छ।
आर्थिक पक्ष र नेपाललाई लाभ
प्रतियोगिता आर्थिक रूपमा अत्यधिक सफल रह्यो। यसले १५ अर्ब अमेरिकी डलर आम्दानी ग¥यो, जुन अनुमानित ११ अर्ब डलरभन्दा ४ अर्ब बढी हो। त्यो आम्दानीमध्ये ६५५ मिलियन डलर टोलीहरूमा वितरण गरियो, जसमा विजेता स्पेनले ५० मिलियन र उपविजेता अर्जेन्टिनाले ३३ मिलियन डलर पाए। विश्वव्यापी फुटबल विकास कोषमा ८.३ अर्ब डलर गएको छ, जसमध्ये नेपालले १ अर्ब २२ करोड रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिता हिमालयन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गरेको थियो। नेपाल प्रतियोगितामा सहभागी नभएकाले प्रधानमन्त्री बालेन शाहले भने खेल हेरेनन्। तर, काबो भर्देजस्तो ५ लाख जनसंख्या भएको राष्ट्रले देखाएको प्रदर्शनले नेपाललाई ठूलो सपना देख्न प्रेरित गर्ने ठानिएको छ।
