
रक्तको मौज्दात सकिएपछि नेपाल रेडक्रसको आकस्मिक रक्तदान आह्वान
दशैंको बिदाका क्रममा रक्तदान कार्यक्रम घटेपछि केन्द्रीय रक्तसञ्चार सेवाको भण्डारण रित्तिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। सोसाइटीले १८ वर्षमाथिका स्वस्थ नागरिक तथा स्वयंसेवी रक्तदातालाई रक्तदान गर्न आग्रह गरेको छ।




























