काठमाडौं, भदौ १२ । रोड टु युएफसी प्रतियोगितामा नेपाली फाइटर रवीन्द्र ढाँटले फाइनलको टिकट काटेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा उनले न्युजिल्यान्डका कासिब मर्डोकलाई पछि पारे।
खेल तीन राउण्डसम्म चलेको थियो। निर्णायकहरूको मत बाँडिएपछि नतिजा स्प्लिट डिसिजनबाट निकालियो। पहिलो निर्णायकले २९–२८ अंक ढाँटको पक्षमा राखे। दोस्रो निर्णायकले २९–२८ कै अंक कासिबलाई दिए। तेस्रो निर्णायकले पनि २९–२८ अंक ढाँटकै पक्षमा दिएपछि नेपाली फाइटर विजयी घोषित भए।
ढाँटले अब फाइनलमा र्यो ताजिमासँग भिड्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई हराउँदै अन्तिम समीकरणमा आइपुगेका थिए।
फाइनलमा विजयी भए ढाँट युएफसीमा छनोट हुनेछन्।







