मुख्य सामग्रीमा जानुहोस्

रसुवा बाढी उद्धारमा सामग्री अभाव : अक्सिजन मिटर, टर्च र डोरी नभएको सांसद अवालको संसद्मा जानकारी

रसुवाको बाढी प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मीसँग अक्सिजन लेभल नाप्ने मिटर, टर्च र डोरीजस्ता सामग्री अभाव रहेको सांसद गंगालक्ष्मी अवालले संसद्मा जानकारी गराएकी छन् । उनका अनुसार भोटेकोशी बाढीमा भक्तपुरका २५ जना अझै…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा बाढी उद्धारमा सामग्री अभाव : अक्सिजन मिटर, टर्च र डोरी नभएको सांसद अवालको संसद्मा जानकारी
Online Khabar

काठमाडौं । रसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका टोलीसँग आवश्यक उद्धार सामग्री अभाव रहेको नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले संसद्मा बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको आकस्मिक बैठकमा बोल्दै उनले उद्धारकर्मीले अक्सिजन लेभल नाप्ने मिटर, टर्च र डोरीजस्ता सामग्री पाउन नसकेको जानकारी दिइन् ।

सांसद अवालका अनुसार टिमुरेबाट उद्धारमा खटिएका भक्तपुरका अरुण सैंजुले आफूलाई फोन गरेर उद्धार सामग्री नपुगेको विषयमा जानकारी गराएका थिए । सैंजु आरएनए–१६ मा खटिएको उनले बताइन् ।

‘मलाई आज बिहान टिमुरेबाट रेस्क्यु टिममा रहेका भक्तपुरका अरुण सैंजु (आरएनए–१६ का) ले फोन गरेर रेस्क्यु इक्विपमेन्टहरू अभाव भएको मलाई जानकारी गराउनुभएको छ । अक्सिजन लेभल नाप्ने मिटर छैन भनिरहनुभएको छ । टर्चहरू छैन भनिरहनुभएको छ । डोरीहरू चुँडिएको कुरा भन्नुभएको छ ।’

उद्धारकर्मी सैंजु १० भदौदेखि रसुवा पुगेर सुरक्षाकर्मीहरूसँगै बाढी प्रभावितको उद्धारमा खटिँदै आएको पनि सांसद अवालले संसद् बैठकमा जानकारी दिइन् । त्यस्ता उद्धार सामग्री तत्काल उपलब्ध गराउन उनले सरकारसँग आग्रह गरिन् ।

यसैबीच उनले रसुवाको भोटेकोशी बाढीमा भक्तपुरका २५ जना सम्पर्कविहीन रहेको र एक जनाको मृत्यु भएको विवरण जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको बताइन् ।