मुख्य सामग्रीमा जानुहोस्

बाढी राहत कोषमा रास्वपाको ५० लाख सहयोग, सांगठनिक गतिविधि स्थगित

रास्वपाले बाढीपिडित नागरिकको राहत र उद्धारका लागि सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै सबै सांगठनिक गतिविधि स्थगित गरिएको जानकारी दिएका छन्। उद्धार र राहतको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

४पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
बाढी राहत कोषमा रास्वपाको ५० लाख सहयोग, सांगठनिक गतिविधि स्थगित
Online Khabar

१० भदौ, काठमाडौँ। बाढी प्रभावित नागरिकको राहत र उद्धारका लागि रास्वपाले सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। राहत कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

विपद्को समयमा सरकारसँग हातेमालो गर्दै आर्थिक सहयोग पुर्‍याउने निर्णय भएको आचार्यले बताएका छन्। साथै, जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र मानवीय सहयोग जुटाउन पनि पार्टीले अपिल गरेको छ।

सहयोग वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन सरकारको एकद्वार प्रणाली अपनाउन रास्वपाले सुझाव दिएको छ। पार्टीको सम्पूर्ण ध्यान विपद् व्यवस्थापन, उद्धार र राहत कार्यमा केन्द्रित गर्न सबै आधिकारिक, राजनीतिक तथा सांगठनिक गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको बताइएको छ।

स्थगनसम्बन्धी निर्णयसँगै रास्वपाले पार्टी पंक्तिलाई सक्रिय परिचालन गर्दै उद्धार र राहत कार्यमा सहभागी हुन आग्रह गरेको छ। राहत तथा उद्धार कार्यको समन्वयको जिम्मेवारी पूर्व र्याट संयोजक आशिष थापालाई सुम्पिइएको छ।