मुख्य सामग्रीमा जानुहोस्

रसुवा बाढी : मृतकको सङ्ख्या ७२ पुग्यो

रसुवा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । बाढी प्रभावित जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै २८ शव फेला परेका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा बाढी : मृतकको सङ्ख्या ७२ पुग्यो
Online Khabar

काठमाडौं, १० भदौ । रसुवा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ । सशस्त्र प्रहरी बल नेपालले उपलब्ध गराएको विवरणअनुसार बाढी प्रभावित जिल्लाहरूबाट हालसम्म ७२ जनाको शव सङ्कलन गरिएको हो ।

सशस्त्र प्रहरीको तथ्याङ्कले सबैभन्दा बढी क्षति चितवनमा देखाएको छ । चितवनमा मात्रै २८ शव फेला परेका छन् । तीमध्ये पाँच महिला, १३ पुरुष र लैङ्गिक पहिचान खुल्न नसकेका १० जना छन् ।

यस्तै, धादिङमा १८ शव भेटिएका छन्, जसमा ११ महिला, पाँच पुरुष र दुई लैङ्गिक पहिचान नखुलेका व्यक्ति छन् । नुवाकोटबाट भने ११ शव फेला परेका छन्, जसमा पाँच महिला र छ पुरुष रहेका छन् ।

गोरखामा दुई महिला, चार पुरुष र पहिचान खुल्न नसकेका तीन जनासहित नौ शव भेटिएका छन् । त्यसैगरी तनहुँमा दुई पुरुष, एक बालिका र एक बालक गरी चार जनाको शव फेला परेको छ । पूर्वी नवलपुरमा एक बालिका र रसुवामा एक पुरुषको शव भेटिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।