मुख्य सामग्रीमा जानुहोस्

एमाले स्थायी कमिटीको पहिलो बैठकबाट सात निर्णय, अधिवेशनदेखि राष्ट्रिय भेलासम्मको कार्यतालिका तय

नेकपा एमालेको पहिलो स्थायी कमिटी बैठक तीन दिन चलेर शनिबार सकिएको छ । बैठकले वडा र पालिका तहका अधिवेशनको मिति तोक्नेदेखि केन्द्रीय कमिटी सदस्य मनोनयनसम्मका सात निर्णय गरेको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
एमाले स्थायी कमिटीको पहिलो बैठकबाट सात निर्णय, अधिवेशनदेखि राष्ट्रिय भेलासम्मको कार्यतालिका तय
Online Khabar

काठमाडौं । नेकपा एमालेको पहिलो स्थायी कमिटी बैठक तीन दिनसम्म चलेर शनिबार सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको बैठकले पार्टीका विभिन्न तहका अधिवेशनको समय निर्धारण, राष्ट्रिय भेलाको आयोजना तथा केन्द्रीय कमिटीमा मनोनयनलगायत सात वटा निर्णय गरेको छ ।

बैठकको पहिलो दिन वरिष्ठ नेतामा मनोनीत विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन् ।

बैठकका निर्णयहरू

  1. पार्टीका वडास्तरका कमिटीको अधिवेशन आगामी मंसिर २६ गते सम्पन्न गर्ने ।

  2. नगर तथा गाउँपालिका तहका कमिटीको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने ।

  • आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने । सो भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधिको सहभागिता रहने छ ।

  • पालिका र वडाका अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने ।

  • मधेश प्रदेश सभामा पार्टीका सभासद जैनब खातुनको निधन भएकाले समानुपातिकतर्फ रिक्त रहेको उक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने ।

  • पार्टी अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रूपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने ।

  • केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने ।

  • केन्द्रीय कमिटीमा मनोनीत हुनेहरू

    बैठकले केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेका नामहरू यी हुन् :

    • सिर्जना राई (भोजपुर)

    • सावित्रा अर्याल (रुपन्देही)

  • इन्दु कडरिया, विष्ट (कञ्जनपुर)

  • सीता पंगेनी (नवलपुर)

  • सीता अधिकारी (पाल्पा)

  • डा. पुष्पा केसी भण्डारी (कास्की)

  • धर्मनाथ प्रसाद साह (सिराहा)

  • तेजमान कन्दङवा (तेह्रथुम)

  • टंक आङ्वोहाङ (ताप्लेजुङ)

  • नविन रोक्का (रोल्पा)

  • मीनप्रसाद गुरुङ (स्याङ्जा)

  • डवल पाण्डे (दोलखा)

  • तेजेन्द्र केसी (रुपन्देही)

  • बैठकले गरेका निर्णयअनुसार पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका संगठनात्मक काम अघि बढ्ने भएका छन् ।