मुख्य सामग्रीमा जानुहोस्

नेप्से सात अंकले उकालो, सात अर्ब २६ करोडको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०१ अंकले बढ्दै २,६९६.२३ विन्दुमा पुगेको छ । यद्यपि, कारोबार रकममा भने कमी देखिएको छ । आज सात अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको छ, जुन मंगलबारको साढे आठ अर्बको…

admin

· अद्यावधिक: · १ मिनेटको पढाइ

नेप्से सात अंकले उकालो, सात अर्ब २६ करोडको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०१ अंकले बढ्दै २,६९६.२३ विन्दुमा पुगेको छ ।

यद्यपि, कारोबार रकममा भने कमी देखिएको छ । आज सात अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको छ, जुन मंगलबारको साढे आठ अर्बको तुलनामा कम हो ।

आज १४७ कम्पनीको सेयरमूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य स्थिर रहेको छ । लक्ष्मी लघुवित्त र सूर्याेदय वमी लघुवित्तको सेयरमूल्यमा कुनै परिवर्तन भएको छैन ।

कर्पाेरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले उकालो लागेको छ । यता, गुराँस लघुवित्तको सेयरमूल्य भने ५.५५ प्रतिशतले घटेको छ ।