मुख्य सामग्रीमा जानुहोस्

आत्महत्या रोकथाममा सरकारको भूमिका के ? प्रतिनिधिसभामा सचेतक धितालको प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले आत्महत्या रोकथामका विषयमा सरकारले गर्नुपर्ने कामबारे प्रतिनिधिसभामा प्रश्न उठाएकी छन् । उनले स्वास्थ्य सेवा विभागको तथ्यांक उद्धृत गर्दै देशमा दैनिक २० जनाले…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
आत्महत्या रोकथाममा सरकारको भूमिका के ? प्रतिनिधिसभामा सचेतक धितालको प्रश्न
Online Khabar

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले आत्महत्या रोकथामका सन्दर्भमा सरकारले गर्नुपर्ने कामबारे प्रश्न उठाएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विषयलाई गम्भीर रूपमा लिएर सरकारले पहल गर्नुपर्ने बताएकी हुन् ।

सेप्टेम्बर १० मा विश्वभर आत्महत्या रोकथाम दिवस मनाइएको सन्दर्भ स्मरण गर्दै धितालले यो अभियानमा नेपाल कहाँ पुग्यो भन्ने प्रश्न आफैँसँग सोध्न आवश्यक रहेको बताइन् । दिवस मनाउने मात्र नभई रोकथामका लागि वास्तविक काम हुनुपर्ने उनको भनाइ छ ।

उनले एकै हप्ताको अवधिमा तीन जनाले आत्मदाहमा होमिनुपरेको घटनालाई उदाहरणका रूपमा उठाएकी छन् । स्वास्थ्य सेवा विभागको तथ्यांक उद्धृत गर्दै उनले देशमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेको जानकारी दिइन् ।

यति ठूलो संख्यामा ज्यान जाने क्रम रोक्ने सन्दर्भमा अहिलेसम्म भएका प्रयासको समीक्षा गर्नुपर्ने उनले बताइन् । साथै मनोपरामर्शका विषयमा चनाखो बन्नुपर्नेमा उनले जोड दिइन् ।