मुख्य सामग्रीमा जानुहोस्

खोटाङमा पूर्वाधार विकास कार्यालयका दर्जन योजना अधूरै

पूर्वाधार विकास कार्यालय खोटाङले चालु आर्थिक वर्षमा सञ्चालन गरेका १२५ योजनामध्ये करिब दर्जन योजना अधूरै छन्। निर्माण कम्पनीले सम्झौता गरेर पनि काममा ढिलाइ र लापरबाही गर्दा ठूला सडक तथा पुल निर्माण प्रभावित भएका हुन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
खोटाङमा पूर्वाधार विकास कार्यालयका दर्जन योजना अधूरै

खोटाङ — पूर्वाधार विकास कार्यालय खोटाङबाट चालु आर्थिक वर्षमा सञ्चालन गरिएका एक सय २५ योजनामध्ये करिब दर्जन योजनाहरू अपूरै रहेका छन्। निर्माण कम्पनीहरूले सम्झौता गरेर पनि समयमा काम नथाल्नु र सरासर निर्माण कार्य नगर्नुले गर्दा ती योजनाहरूले पूर्णता पाउन सकेका छैनन्।

कार्यालयका अनुसार पाँच ठूला योजनामध्ये हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडक, नुनथला–जौबारी–कुभिण्डे–हरमटार–ऐसेलुखर्क सडक, बङ्सिला–चिसापानी–मौवाबोटे सडक, अस्पतालचौक–साकेला सडक र दिखुवाखोला पुलको काम अधूरा अवस्थामा छन्।

भौतिक प्रगति न्यून

पूर्वाधार विकास कार्यालय खोटाङका सूचना अधिकारी रजत पोखरेलले हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडकको अस्फाल्ट कालोपत्रको भौतिक प्रगति करिब २५ प्रतिशत र वित्तीय प्रगति २१ दशमलव ६९ प्रतिशत मात्र भएको जानकारी दिए। त्यस्तै, नुनथला–जौबारी–कुभिण्डे–हरमटार–ऐसेलुखर्क सडकको अस्फाल्ट कालोपत्रको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ४१ दशमलव ५० प्रतिशत रहेको छ।

यी दुवै सडकको ठेक्का बीसी–पीसी–पीकेबी जेभीले लिएको हो। हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडकको लागत दुई करोड ५३ लाख ५३ हजार ५ सय १५ रुपैयाँ रहेको छ। उक्त निर्माण कम्पनीले गत वैशाख ३ गते कार्यालयसँग सम्झौता गरेको थियो भने गत असार १५ गतेभित्र काम सक्ने समयसीमा तोकिएको थियो। तर, समयसीमा गुज्रिसक्दा पनि काम अधूरै छ।