मुख्य सामग्रीमा जानुहोस्

सिद्धार्थ बैंकद्वारा 'सिद्धार्थ गोल्ड लोन' सार्वजनिक

सिद्धार्थ बैंकले ग्राहकको तत्काल वित्तीय आवश्यकता पूर्तिका लागि 'सिद्धार्थ गोल्ड लोन' योजना सार्वजनिक गरेको छ। यसअन्तर्गत सुन तथा सुनका गरगहना धितो राखी अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिन्छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
सिद्धार्थ बैंकद्वारा 'सिद्धार्थ गोल्ड लोन' सार्वजनिक

सिद्धार्थ बैंकले आफ्नो नयाँ कर्जा योजना 'सिद्धार्थ गोल्ड लोन' सार्वजनिक गरेको छ। बैंकले ग्राहकको तत्काल वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ।

यो योजनाअन्तर्गत ग्राहकले सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट सहजै कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा सुविधा लिन सक्नेछन्। धितो राखिएको सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकले बताएको छ।

बैंकले ग्राहकलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। यो सुविधा सिद्धार्थ बैंकको काठमाडौंस्थित न्यूरोड गेट शाखामा उपलब्ध रहेको बैंकले जनाएको छ।