मुख्य सामग्रीमा जानुहोस्

गरिमा विकास बैंकले एकसाथ ल्यायो तीन डिजिटल बैंकिङ सेवा

गरिमा विकास बैंकले आफ्नो डिजिटल इकोसिस्टममा तीन नयाँ सेवा थपेको छ। नयाँ सेवामा प्रिपेड डलर कार्ड, पीओएस टर्मिनल र इन्टरबैंक क्यूआर टेलर रहेका छन्, जसले ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
गरिमा विकास बैंकले एकसाथ ल्यायो तीन डिजिटल बैंकिङ सेवा

गरिमा विकास बैंकले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्दै आफ्नो डिजिटल इकोसिस्टममा एकैपटक तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ। बैंकले जारी गरेको विज्ञप्तिअनुसार, यी सेवाहरू मार्फत ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्य राखिएको छ।

बैंकले सार्वजनिक गरेको पहिलो सेवा ‘गरिमा प्रिपेड डलर कार्ड’ हो। यस कार्डको प्रयोग गरेर नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्महरूमा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिने जनाइएको छ।

दोस्रो सेवा ‘गरिमा पीओएस टर्मिनल’ हो, जसको माध्यमबाट व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड प्रयोग गरी सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी प्राप्त गर्न सक्नेछन्। यसले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्दै व्यापारिक कारोबारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

तेस्रो सेवा ‘गरिमा इन्टरबैंक क्यूआर टेलर’ हो। यस सेवा अन्तर्गत, फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो मोबाइल एपबाट गरिमाको क्यूआर कोड स्क्यान गरी बैंकको जुनसुकै शाखाबाट सहज रूपमा नगद निकाल्न सक्नेछन्।

गरिमा विकास बैंकले यी तीन सेवा मार्फत डिजिटल बैंकिङलाई अझ सुलभ बनाउने र ग्राहकको अनुभवमा सुधार ल्याउने लक्ष्य राखेको छ।