काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ र स्वीस फ्र्यांकको भाउ घटेको छ । अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ भने बढेको छ भने सिङ्गापुर डलर सामान्य रूपमा घटेको छ ।
लगातार चार दिन अर्थात् असोज १६ गतेदेखि १९ गतेसम्म एउटै दरमा स्थिर रहेको अमेरिकी डलरको भाउ आज घटेको हो । ती चार दिन डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा तोकिएको थियो । आज खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा पुगेको छ ।
युरोपियन युरो एकको खरिददर आज १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा छ । हिजो युरोको खरिददर १७३ रुपैयाँ ९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा थियो ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ११ पैसा कायम भएको छ । हिजो यसको खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा थियो ।
स्वीस फ्र्यांक एकको खरिददर आज १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा तोकिएको छ । हिजो यो मुद्राको खरिददर १८५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३२ पैसा थियो ।
अष्ट्रेलियन र क्यानेडियन डलर बढ्यो
अष्ट्रेलियन डलर एकको खरिददर आज १०७ रुपैयाँ ३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा छ । हिजो यसको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा थियो ।
क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा कायम भएको छ । हिजो यो मुद्राको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा थियो ।
यसैगरी सिङ्गापुर डलरको भाउ पनि आज सामान्य घटेको छ । सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ५९ पैसा तोकिएको छ । हिजो यसको खरिददर १२० रुपैयाँ २२ पैसा र बिक्रीदर १२० रुपैयाँ ६९ पैसा थियो ।







