मुख्य सामग्रीमा जानुहोस्

एनआरएनए कतार: युवा संयोजकमा भुजेलको उम्मेदवारी फिर्ता

दोहा । गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न दशौं महाधिवेशनमा बिकाश भुजेलले दिएको युवा संयोजकमा उम्मवारी फिर्ता लिएका छन् । सामाजिक संजाल फेस्बुका स्टाटसलेख्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएको जनाएका…

Tej Poudel

· अद्यावधिक: · २ मिनेटको पढाइ

एनआरएनए कतार: युवा संयोजकमा भुजेलको उम्मेदवारी फिर्ता

दोहा । गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न दशौं महाधिवेशनमा बिकाश भुजेलले दिएको युवा संयोजकमा उम्मवारी फिर्ता लिएका छन् । सामाजिक संजाल फेस्बुका स्टाटसलेख्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएको जनाएका हुन् l

भुजेलले एन आर एन ए बिसुद्द सामाजिक सस्था भएको लेयसमा चुनाब मा गएर भाई चरा बिगार्न भन्दा सहमतिमा गएर एक जना पदमा जाने आफ्नो विचार साथै जनसम्पर्क समिति कतारको अनुरोधलाई पनि स्वीकार्दै उमेदवारी फिर्ता लिएको जनाएका छन् l

उनको उमेदवारी फिर्ता सगै युवा संयोजक पद निर्विरोध हुने सम्भावना बढेको छ l

उनको उमेद्वार फिर्ता लिएको स्टाटस जस्ताको तेस्तै

21 जुलाई बाट सरेर संघको निर्वाचन अगामी २७- २८ जुलाई २०२३मा हुने कार्यतालिका रहेको छ । निर्वाचनको लागी उमेदवारी दर्ता आज अर्थात् 21 जुलाईमा हुदै छ l

सम्पूर्ण कतार,दोहामा रहनु हुने आदाणिय मेरो दाजुभाई दिदी,बैनि बौद्विक व्यक्तित्व ज्युहरु ,पत्रकार ज्युहरु व्यबसायि ज्युहरु कतारमा रहेका सम्पुर्ण भातृ संगठन (पाटि) का नेता तथा कार्यकर्ता ज्युहरु कलाकार मित्रहरु युवा तथा खेलाडी साथिहरु यहाँहरु संगै समाजमा रहि सहकार्य गर्दै आज सातौं बसन्त पार गर्दै यहाँ सम्म मलाई मायाँ,सद् भाव ,सहकार्य गर्नु हुने हजुरहरु सम्पुर्णलाई हृदय देखि नै अभार व्यक्त गर्दै अगामि दिनहरुमा पनि समाजलाई मैले सदैव सद् मार्ग , सद् भावका साथ सदैव सत्मार्गमा लिएर यसरि नै समाज संगै सदैव सहकार्य गर्न सकुँ भन्दै मेरो लागि NRNA कतार भन्दा पनि यो जुन स्वच्छ छवि भएको यो मेरो नेपालि समाज मेरो कर्म थलोलाई र मैले हृदय देखि नै सम्मान गर्ने मेरो विस्वास आस्थाको पाटि नेपाली काँग्रेस सदैव सम्मानको साथ ठुलो मान्दछु साथै जनसम्पर्क समिति कतारको भुमिका प्रति सदैव अभार व्यक्त गर्दै जनसम्पर्क समिति कतारको आदाणिय व्यक्तित्व ज्युहरुको निर्णयलाई स्वागत सँगै आत्मा साथ गर्दै मेरो NRNA मा दिएको जुन उमेद्ववारि फिर्ता लिएको यहि समाजिक संजाल मार्फत जानकारी गराउदैँ समाजमा भाईचाराका साथ म पदमा रहँदा पनि न रहँदा पनि मेरो समाज प्रतिको लगाव समाज प्रतिको सहकार्य सदैव समाजमा रहि रहने छ भन्ने मेरो प्रति बद्वता जाहेर गर्दछु ।

सम्पुर्ण यहाँहरुको साथ सहयोग प्रति पून एक पटक अभार व्यक्त गर्दछु ।

धन्यवाद !🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏