मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशीमा बहाव बढेको सूचनापछि महाशाखाको भनाइ : ठूलो बाढीको जोखिम छैन

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भोटेकोशीमा बहाव बढे पनि अहिले ठूलो बाढीको अवस्था छैन। नुवाकोटमा नदीको पानी केही बढेको भए पनि जोखिम नरहेको महाशाखाको भनाइ छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
भोटेकोशीमा बहाव बढेको सूचनापछि महाशाखाको भनाइ : ठूलो बाढीको जोखिम छैन
Nagariknetwork

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचना प्राप्त भए पनि तत्काल ठूलो बाढीको खतरा नरहेको जनाएको छ। आइतबार बिहान ५:४५ बजे जारी गरिएको पछिल्लो अपडेटमा महाशाखाले यस्तो जानकारी दिएको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाले भोटेकोशीमा बहाव बढेको सूचना दिएपछि महाशाखाले अवस्थाको मूल्याङ्कन गरेको थियो। सोही मूल्याङ्कनमा नुवाकोटतर्फ नदीको पानी केही बढे पनि त्यसलाई ठूलो बाढीको रूपमा लिन नसकिने महाशाखाले बताएको छ।

हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नदेखिएको महाशाखाको भनाइ छ। तैपनि नदीको बहावमा आइरहेको परिवर्तनलाई ध्यान दिँदै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

यसअघि ल्हेन्दे खोलाबाट आएको बाढी फेरि भोटेकोशीमा पुगेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले बताएका थिए। बाढीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति रोक्न तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको थियो।

यसअघि भदौ १० गते बुधबार ल्हेन्दे खोलाको बाढी भोटेकोशीमा आएपछि रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो।