मुख्य सामग्रीमा जानुहोस्

कार्यव्यवस्था परामर्श समितिको बैठक आज, संसद् बैठक र एजेन्डामा छलफल

नेपाली कांग्रेसले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि तत्काल संसद् बैठक बोलाउन माग गरेको छ। आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा यसबारे छलफल हुनेछ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
कार्यव्यवस्था परामर्श समितिको बैठक आज, संसद् बैठक र एजेन्डामा छलफल
Online Khabar

काठमाडौं, १६ भदौ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज (मंगलबार) बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकको मिति र सो बैठकमा अघि बढाउनुपर्ने एजेन्डाबारे छलफल हुनेछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम प्रभावकारी बनाउन तत्काल प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने माग गर्दै आएको छ । सोही मागसँगै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर संसद् बैठक तत्काल बोलाउन आग्रह गरेका थिए ।

गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीपछि ११ भदौमा रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले संसद्बाटै सर्वदलीय, अधिकार सम्पन्न उच्चस्तरीय संसदीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

प्रस्तावित सो संयन्त्रले विपद्का बेला उद्धार र राहत वितरणको अनुगमन गर्ने तथा आवश्यक निर्देशन दिने अधिकार पाउने बताइएको थियो ।

त्यस्तो संयन्त्र गठनका लागि संसद् बैठक चाहिने भएकाले आङ्देम्बेले ढिलाइ नगरी संसद् सञ्चालनका लागि पहल गर्न सभामुख अर्यालसँग आग्रह गरेका थिए । आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सोही विषयमा समेत छलफल हुनेछ ।