मुख्य सामग्रीमा जानुहोस्

ट्रम्पका ‘ड्रोन म्यान’ ड्यान ड्रिस्कलले दिए राजीनामा

अमेरिकी सेनाका सेक्रेटरी तथा राष्ट्रपति ट्रम्पका ‘ड्रोन म्यान’ ड्यान ड्रिस्कलले करिब १८ महिनापछि राजीनामा दिने घोषणा गरेका छन्। रक्षामन्त्री पिट हेगसेथसँगको लामो मतभेदपछि उनले पद छाड्न लागेको सीबीएसले जनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
ट्रम्पका ‘ड्रोन म्यान’ ड्यान ड्रिस्कलले दिए राजीनामा
Online Khabar

१६ भदौ, काठमाडौं । अमेरिकी सेनाका सेक्रेटरी ड्यान ड्रिस्कलले आफ्नो जिम्मेवारीबाट बिदा हुने भएका छन्। उनले करिब १८ महिना पद सम्हालेपछि राजीनामा गर्ने घोषणा गरेका हुन्। उनको राजीनामाबारे अमेरिकी सञ्चारमाध्यम सीबीएसले पुष्टि गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका ‘ड्रोन म्यान’का रूपमा चिनिने ड्रिस्कल हालसम्मकै कान्छा आर्मी सेक्रेटरी पनि हुन्। सीबीएसको रिपोर्टअनुसार ड्रिस्कल र रक्षामन्त्री पिट हेगसेथबीच महिनौँदेखि मतभेद तथा खटपट कायम थियो।

तर, ह्वाइटहाउसले भने ड्रिस्कलको योगदानको प्रशंसा गरेको छ। सीबीएसलाई दिइएको वक्तव्यमा ट्रम्पको ‘अमेरिकालाई फेरि बलियो बनाउने’ एजेन्डा अघि बढाउन ड्रिस्कल ‘अत्यन्त प्रभावकारी’ रहेको र सैन्य अभियानहरूमा उनले ‘शानदार नेतृत्व’ गरेको बताइएको छ। यस विषयमा ह्वाइटहाउस, पेन्टागन र अमेरिकी सेनासँग बीबीसीले प्रतिक्रिया मागेको छ।

हालैका महिनामा अमेरिकी सैन्य नेतृत्वमा भएका फेरबदलहरूको क्रममा ड्रिस्कल नयाँ नाम हो। उनभन्दा अघि नेभी सेक्रेटरी जोन फेलनले गत अप्रिलमा अप्रत्याशित रूपमा पद छाडेका थिए। त्यसैगरी, सेना प्रमुख र्यान्डी जर्ज, आर्मी जनरल डेभिड होड्ने र मेजर जनरल विलियम ग्रीन पनि हालै पदमुक्त भइसकेका छन्।

रक्षामन्त्री हेगसेथले पेन्टागनको कार्यभार सम्हालेदेखि एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीलाई पदबाट हटाइसकेका छन्। तीमध्ये नौसेना सञ्चालन प्रमुख र अमेरिकी वायुसेनाका उपप्रमुख पनि छन्। बीबीसीको समाचारमा यी सबै विवरण उल्लेख गरिएको छ।