मुख्य सामग्रीमा जानुहोस्

उत्तराधिकारीबारे अहिल्यै चर्चा हतार हुने ट्रम्पको भनाइ, भान्सलाई प्रशंसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उत्तराधिकारीबारे अहिल्यै चर्चा गर्नु हतार हुने बताएका छन्। उपराष्ट्रपति जेडी भान्सले आफूलाई समर्थन गर्ने हो कि भन्ने प्रश्नमा ट्रम्पले उनको प्रशंसा गरे पनि भविष्यको राजनीतिबारे…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
उत्तराधिकारीबारे अहिल्यै चर्चा हतार हुने ट्रम्पको भनाइ, भान्सलाई प्रशंसा
Nagariknetwork

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उत्तराधिकारी को हुने भन्ने विषयमा अहिल्यै चर्चा गर्नु हतार हुने बताएका छन्। मंगलबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भविष्यको राजनीतिबारे छलफल गर्ने बेला नआएको स्पष्ट पारे।

पत्रकारहरूले उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएमा आफूले समर्थन गर्ने वा नगर्ने भनी ट्रम्पलाई प्रश्न सोधेका थिए। त्यसबेला भान्स ट्रम्पको ठीक पछाडि उभिएका थिए। जवाफमा ट्रम्पले भान्सलाई अत्यन्त प्रतिभाशाली तथा धेरै राम्रो व्यक्ति भन्दै प्रशंसा गरे।

तर उनले आफ्नो उत्तराधिकारीबारे अहिले नै निर्णय वा टिप्पणी गर्ने समय नभएको जनाए। पहिले मध्यावधि निर्वाचन सक्नुपर्ने र त्यसपछि परिस्थिति कस्तो हुन्छ भनेर हेर्ने उनको भनाइ छ। ट्रम्पले अहिले नै यसबारे बोल्नु धेरै चाँडो हुने पनि उल्लेख गरे।

यसअघि पत्रकार मार्क हेल्परिनसँगको एक अन्तर्वार्तामा भान्सले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने वा नदिनेबारे आफूले अहिलेसम्म कुनै निर्णय नगरेको बताएका थिए। तर उम्मेदवारी दिने निर्णय गरेमा ट्रम्पले आफूलाई समर्थन गर्ने अपेक्षा भने उनले व्यक्त गरेका छन्।