मुख्य सामग्रीमा जानुहोस्

यूएन महासचिव पदका लागि यूएईकी राज्यमन्त्री लाना जाकी नुसेबा उम्मेदवार घोषित

संयुक्त अरब इमिरेट्सले संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि आफ्नी राज्यमन्त्री लाना जाकी नुसेबालाई आधिकारिक उम्मेदवार बनाएको छ। सन् २०१३ देखि २०२४ सम्म यूएनमा यूएईको स्थायी प्रतिनिधि रहेकी नुसेबाले महासभाको उपाध्यक्ष…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
यूएन महासचिव पदका लागि यूएईकी राज्यमन्त्री लाना जाकी नुसेबा उम्मेदवार घोषित
Nagariknetwork

संयुक्त अरब इमिरेट्स (यूएई) ले संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि आफ्नी राज्यमन्त्री लाना जाकी नुसेबालाई उम्मेदवार बनाएको छ। यूएईले उनको नाम आधिकारिक रूपमा घोषणा गरेको हो।

यूएईको सरकारी समाचार एजेन्सी डब्ल्यूएएमका अनुसार महासभा र सुरक्षा परिषद्का अध्यक्षलाई सम्बोधित पत्रमा राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले नुसेबाको उम्मेदवारी औपचारिक रूपमा अघि सारेका छन्।

नुसेबाले सन् २०१३ देखि २०२४ सम्म संयुक्त राष्ट्रसंघमा यूएईको स्थायी प्रतिनिधिको भूमिका निर्वाह गरेकी थिइन्। सोही अवधिमा उनले महासभाको उपाध्यक्ष पदको जिम्मेवारीसमेत सम्हालिन् र यूएन वुमनको कार्यकारी बोर्डको अध्यक्षका रूपमा पनि काम गरिन्।

यसैगरी सन् २०२२–२०२३ को कार्यकालमा उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अध्यक्षता दुई पटक गरेकी थिइन्।

महासचिव चयनको प्रक्रिया

संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार महासचिव नियुक्त गर्ने अधिकार महासभासँग रहेको छ। तर महासचिव नियुक्तिका लागि सुरक्षा परिषद्को सिफारिस अनिवार्य हुन्छ।