मुख्य सामग्रीमा जानुहोस्

साउदी अरबको दमामस्थित विमानस्थलमा हमला, एक विदेशी नागरिकको मृत्यु

साउदी अरबको पूर्वी सहर दमाममा रहेको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हमलामा एक जना विदेशी नागरिकको ज्यान गएको छ। सोही दिन बिहान शेबाह तेल क्षेत्रमा हमला गर्न लागेको ड्रोन रोकिएको थियो। हमलाको जिम्मेवारी अझै…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
साउदी अरबको दमामस्थित विमानस्थलमा हमला, एक विदेशी नागरिकको मृत्यु
Nagariknetwork

साउदी अरबको पूर्वी सहर दमाममा अवस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ भएको हमलामा एक जना विदेशी नागरिकको मृत्यु भएको छ। सोही हमलामा थप आठ जना घाइते भएका छन्।

साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले दिएको विवरणअनुसार विमानस्थल परिसरमा भएको उक्त घटनामा परी एक विदेशी नागरिकको ज्यान गएको र आठ जना घाइते भएका हुन्। घाइतेहरूको अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन।

त्यसअघि बुधबार बिहान साउदी अरबको ऊर्जा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (यूएई) को सीमा क्षेत्रसँग जोडिएको शेबाह तेल क्षेत्रमा आक्रमण गर्ने उद्देश्यले आएको एउटा ड्रोन देशको हवाई रक्षा प्रणालीले रोकेको जनाएको थियो।

यसअघि भएको घटनामा परी फिलिपिन्स र नेपालका एक–एक नागरिकको मृत्यु भइसकेको छ।

साउदी अरबमा भएका यी हमलाका पछाडि कसको संलग्नता छ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। यमनमा हुथी विद्रोहीसँगको संघर्ष जारी रहेकै बेला यी घटना भएका हुन्।

अमेरिकी कूटनीतिक कर्मचारी फिर्ता बोलाइँदै

यसैबीच अमेरिकी विदेश मन्त्रालयले साउदी अरबमा कार्यरत आफ्ना सबै गैरआवश्यक कूटनीतिक कर्मचारीलाई त्यहाँबाट फर्कन आदेश दिएको छ।

रियादस्थित अमेरिकी दूतावासले पनि साउदी अरबका विभिन्न स्थानमा हुथी विद्रोहीबाट थप हमला हुन सक्ने आशंका व्यक्त गरेको छ।