मुख्य सामग्रीमा जानुहोस्

मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरे, सीमित ओभर खेल्ने

भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय शमीले ६४ टेस्टमा २२९ विकेट लिएका छन् र अब सीमित ओभरको क्रिकेटमा सक्रिय रहने जनाएका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरे, सीमित ओभर खेल्ने
Online Khabar

भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले गएराति यो निर्णय सार्वजनिक गरेका हुन् ।

सन्यासको घोषणा गर्दै शमीले सेतो जर्सीको यात्रा अन्त्य भए पनि त्यससँग जोडिएका सम्झना कहिल्यै नबिर्सने प्रतिक्रिया दिएका छन् । पहिलोपटक भारतको टेस्ट जर्सी लगाउँदा देशका लागि केही गर्ने सपना मात्र रहेको उल्लेख गर्दै उनले पछिका प्रत्येक विकेट, संघर्ष, चोट र चोटबाट फर्किने प्रयासले आफूलाई धेरै कुरा सिकाएको बताएका छन् ।

टेस्ट क्रिकेट आफ्ना लागि खेलको एउटा ढाँचा मात्र नभई जीवनकै महत्त्वपूर्ण अंग बनेको जनाउँदै उनले थुप्रै राम्रा सम्झना बोकेर भारी मनले यो निर्णय लिनुपरेको बताएका छन् ।

सहकर्मी, प्रशिक्षक र समर्थकलाई आभार

शमीले आफ्नो क्रिकेट यात्रामा साथ दिने सहकर्मी खेलाडी, प्रशिक्षक, परिवारका सदस्य तथा हरेक सुखदुःखमा विश्वास कायम राख्ने भारतीय समर्थकप्रति आभार व्यक्त गरेका छन् ।

यस्तै, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र क्रिकेट एसोसिएसन अफ बंगाललाई पनि उनले धन्यवाद दिएका छन् । ती संस्थाले आफ्नो प्रतिभामाथि भरोसा गर्दै अघि बढ्ने अवसर दिएको उनको भनाइ छ । टेस्टमा मैदानमा फालेको अन्तिम बल सायद यसअघि नै फालिसकेको हुनसक्ने उल्लेख गर्दै उनले भारतको प्रतिनिधित्व गर्न पाएको गौरव भने सधैँ मनमा रहिरहने बताएका छन् ।

३६ वर्षीय शमीले भारतका लागि ६४ टेस्ट खेल्दै २२९ विकेट हात पारेका छन् । सन् २०२५ को च्याम्पियन्स ट्रफीपछि उनी भारतीय राष्ट्रिय टोलीबाट बाहिर छन् ।

टेस्ट क्रिकेटलाई बिदाइ गरे पनि शमीले सीमित ओभरको क्रिकेट भने खेलिरहने स्पष्ट पारेका छन् ।