मुख्य सामग्रीमा जानुहोस्

एनपीएलमा पोखराले टस जितेर चितवनलाई ब्याटिङ पठायो, कुशल भुर्तेलको ठाउँमा चमिका करुणारत्ने कप्तान

नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको छ। पोखराले कप्तान परिवर्तन गर्दै चमिका करुणारत्नेलाई नयाँ कप्तान बनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
एनपीएलमा पोखराले टस जितेर चितवनलाई ब्याटिङ पठायो, कुशल भुर्तेलको ठाउँमा चमिका करुणारत्ने कप्तान
Online Khabar

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ। टस जितेपछि पोखराले बलिङ रोज्दै चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको हो।

आजको खेलमा पोखराले कप्तानमा परिवर्तन गरेको छ। कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेलाई टोलीको नयाँ कप्तान बनाइएको छ। साथै पोखराले पहिलो रोजाइँमा तीन परिवर्तन गरेको छ।

पोखराको पहिलो रोजाइँमा शकिब हल हसनको स्थानमा युवराज सम्रा खेल्दैछन्। यसैगरी सुदिप अर्याल र सागर ढकाल पनि पहिलो रोजाइँमा रहेका छन्। आकाश चन्द र विपिन आचार्य भने आज बेन्चमा छन्।

चितवनमा दुई परिवर्तन

चितवन राइनोजले भने आज दुई परिवर्तन गरेको छ। मार्की कुशल मल्ल र डान मोस्ली पहिलो रोजाइँमा खेल्दैछन्। देव खनाल र टम टेलर भने बेन्चमा राखिएका छन्।