मुख्य सामग्रीमा जानुहोस्

बिहीबारको मुशलधारे वर्षाले माइतीघर मण्डलासहित काठमाडौंका सडक जलमग्न

बिहीबार दिउँसोको ठूलो वर्षाले काठमाडौं उपत्यकाको माइतीघर मण्डला क्षेत्र जलमग्न भएको छ। सडकमा पानी जमेपछि सवारी चालक र पैदलयात्रीलाई यात्रा गर्न कठिन भएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
बिहीबारको मुशलधारे वर्षाले माइतीघर मण्डलासहित काठमाडौंका सडक जलमग्न

काठमाडौं — काठमाडौं उपत्यकामा बिहीबार दिउँसो परेको मुशलधारे वर्षाले माइतीघर मण्डलालगायत क्षेत्र जलमग्न बनेको छ। ठूलो पानीले सडकहरूमा पानी जमेपछि आवतजावतमा समस्या भएको छ।

वर्षाका कारण माइतीघर मण्डला क्षेत्रमा पानी जम्मा भएको छ र पैदलयात्री तथा सवारीचालकले निकै सास्ती भोग्नु परेको छ। स्थानीयका अनुसार पानीको स्तर बढ्दै गएपछि सडकमा आवतजावत गर्न टाढैबाट हेर्नुपर्ने अवस्था सिर्जना भएको छ।

यो घटना असार ३२, २०८३ को हो। तस्बिर : अंगद ढकाल