मुख्य सामग्रीमा जानुहोस्

रुबिश्का श्रेष्ठ ‘एक्स्ट्रिम फुटबल सर्कस’को नयाँ एपिसोडमा अतिथि

कस्मेटिक साइन्टिस्ट, अन्तर्राष्ट्रिय एम्सी, मोडल तथा टिभी प्रस्तोता रुबिश्का श्रेष्ठ ‘एक्स्ट्रिम फुटबल सर्कस’को ३१औँ एपिसोडमा अतिथि बनेकी छन्। उनले भर्खरै मिस्टर इन्टरनेशनल २०२५ को प्रिलिम्स सञ्चालन गरेर अन्तर्राष्ट्रिय…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

काठमाडौं। यसपटक ‘एक्स्ट्रिम फुटबल सर्कस’को एपिसोडमा होस्ट स्वयम् अतिथिको भूमिकामा देखिएका छन्। अमन प्रताप अधिकारीले सञ्चालन गरेको कार्यक्रमको ३१औँ एपिसोडमा रुबिश्का श्रेष्ठ विशेष अतिथिका रूपमा प्रस्तुत भएकी हुन्।

रुबिश्का श्रेष्ठ कस्मेटिक साइन्टिस्ट, अन्तर्राष्ट्रिय एम्सी, मोडल तथा टिभी प्रस्तोता हुन्। उनी मोडल हन्ट नेपाल सिजन ४ को प्रथम रनरअप पनि हुन्। हालै उनले मिस्टर इन्टरनेशनल २०२५ को प्रिलिम्स सञ्चालन गरेर अन्तर्राष्ट्रिय एम्सीइङमा डेब्यु गरेकी थिइन्। ‘एक्स्ट्रिम फुटबल सर्कस’को यो एपिसोडमा उनको जीवन, करियर र फुटबलप्रतिको रुचिबारे खुलस्त कुराकानी गरिएको छ।