मुख्य सामग्रीमा जानुहोस्

‘श्री बिज्जो भूत’ : पर्खाइमा बाँचेका सुदूरपश्चिमेली महिलाको कथा रंगमञ्चमा

काठमाडौँको थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘श्री बिज्जो भूत’ मञ्चन भइरहेको छ । बुद्धि तामाङ र आकाश नेपालीको निर्देशन तथा दिवस नाथको लेखन रहेको यो नाटकले परदेशिएका आफन्तको प्रतीक्षामा जीवन बिताइरहेका सुदूरपश्चिमेली…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
‘श्री बिज्जो भूत’ : पर्खाइमा बाँचेका सुदूरपश्चिमेली महिलाको कथा रंगमञ्चमा
eKantipur

विदेशिएका आफन्तको प्रतीक्षामा दिन कटाइरहेका महिलाको कथा बोकेको नाटक ‘श्री बिज्जो भूत’ काठमाडौँको थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको छ । नाटकले २०५० को दशकको सुदूरपश्चिमेली समाजलाई रंगमञ्चमा उभ्याएको छ ।

सुदूरपश्चिमका कथा सुन्दा प्रायः पलायन र पीडाका स्वर सुनिन्छन् । तर यो नाटकले त्यही पीडाभित्र लुकेका गीत, संस्कृति, लोकविश्वास र मानवीय संवेदनालाई मञ्चमा उतारेको छ । घर फर्किने आशामा बाँचेका महिला पात्रहरूको प्रतीक्षा र त्यसले ल्याएको करुणालाई नाटकले हास्यसँगै प्रस्तुत गरेको छ ।

फर्कि आइजान्या हो परदेश जान्या परदेशीले सँगै लैजान्या हो बाली बैस बौला झल्का

नाटकको सुरुवाती खण्डमा महिला पात्रले गाउने यो वियोगान्त लोकगीतले कथाको मूल भाव समात्छ । गीत र मौलिक नाचले कथावाचनलाई लय र आकार दिएका छन् ।

बुद्धि तामाङ र आकाश नेपालीको निर्देशनमा तयार भएको यो नाटक दिवस नाथको लेखनमा आधारित छ ।

त्यतिबेला सुदूरपश्चिमबाट रोजगारीको खोजीमा युवा भारतका विभिन्न सहरतिर जान्थे । घर नफर्किएका लाहुरे र परदेशीलाई सम्झँदै जीवन बिताएका महिलाको प्रतीक्षा कहिल्यै टुंगिँदैन । फर्किएका र नफर्किएका पुरुषले पर्खिनेहरूको भावनाको सम्मान गरे वा गरेनन् भन्ने प्रश्न नाटकले उठाएको छ ।