मुख्य सामग्रीमा जानुहोस्

इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुन पुगे देउवा

नेपाली कांग्रेसको इतर पक्षद्वारा आयोजित राष्ट्रिय भेलामा पूर्वसभापति शेरबहादुर देउवा सहभागी हुनुभएको छ । उनको अध्यक्षतामा नभई डा शशांक कोइरालाको अध्यक्षतामा भेला सुरु भएको हो ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा पूर्वसभापति शेरबहादुर देउवा सहभागी हुन पुगेका छन् । उनी हिजोमात्रै नेपाल फर्किएका थिए ।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि हङकङ पुगेका थिए । हिजो काठमाडौं आएका देउवा आज आयोजित इतर समूहको राष्ट्रिय भेलामा सहभागी भएका हुन् ।

कोइरालाको अध्यक्षतामा भेला सुरु

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो । भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा शशांक कोइराला समूहका नेता–कार्यकर्ताको उपस्थिति छ ।

भेला मिराकल पार्टी प्यालेस काठमाडौंमा भएको हो ।