मुख्य सामग्रीमा जानुहोस्

न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट: चौथो दिन सकिँदा भारत बलियो स्थितिमा, किवी टोली २३३ रनले पछि

विलिङ्टनमा जारी पहिलो टेस्टको चौथो दिन भारतले पहिलो इनिङ्स ९ विकेटमा ७२० रनमा घोषणा गर्‍यो, जुन अन्तर्राष्ट्रिय क्रिकेटमा उसको दोस्रो सर्वाधिक योगफल हो। जवाफमा न्युजिल्यान्डले दोस्रो इनिङ्समा २ विकेट गुमाएर ११९ रन बनाएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट: चौथो दिन सकिँदा भारत बलियो स्थितिमा, किवी टोली २३३ रनले पछि
Nagariknetwork

विलिङ्टनमा भइरहेको न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटको चौथो दिनको खेल सकिँदा भारत बलियो स्थितिमा पुगेको छ। दिनको अन्त्यसम्म घरेलु टोली न्युजिल्यान्ड २३३ रनले पछि पर्दा भारतले खेलमाथिको पकड कायम राखेको हो।

दोस्रो इनिङ्स सुरु गरेको न्युजिल्यान्डले चौथो दिन सकिँदासम्म २ विकेट गुमाएर ११९ रन जोडेको छ। क्याप्टेन टम लाथम शून्य रनमै पभेलियन फर्किए भने हेन्री निकोल्स ३१ रनमा आउट भए। डेभोन कोन्वे ५९ रनमा र रचिन रबिन्द्र २७ रनमा नटआउट रहेका छन्।

यसअघि चौथो दिनको खेल ४ विकेट गुमाएर ४८६ रनबाट सुरु गरेको भारतले पहिलो इनिङ्स ९ विकेट गुमाएर ७२० रनमा घोषणा गरेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले बनाएको यो दोस्रो सर्वाधिक ठूलो योगफल हो।

भारतका लागि केएल राहुलले १३६ र रिसब पन्तले १२८ रनको शतकीय पारी खेले। कप्तान शुभमन गिल शतक पूरा गर्न २ रनले चुक्दै ९८ रनमा रोकिए भने यसस्वी जैसवालले ८५, देभदत्त पाडिकलले ८० र ध्रुव जुरेलले ७८ रन बनाए। न्युजिल्यान्डका ग्लेन फिलिप्सले ३ र रचिन रबिन्द्रले २ विकेट लिए।

यसअघि पहिलो इनिङ्समा घरेलु टोली न्युजिल्यान्डले ३६८ रन बनाएको थियो।

पाँचौं दिनको समीकरण

पहिलो टेस्ट बचाउन न्युजिल्यान्डले पाँचौं तथा अन्तिम दिनभर क्रिजमा टिक्नुपर्ने अवस्था छ। भारतलाई भने जितका लागि ८ विकेट आवश्यक छ।