मुख्य सामग्रीमा जानुहोस्

सुनको मूल्य दुई दिनमा प्रतितोला ३ हजार ६ सय रुपैयाँले घट्यो

सुनको मूल्य दुई दिनको अवधिमा प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। चाँदीको मूल्य पनि दुई दिनमा १०…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
सुनको मूल्य दुई दिनमा प्रतितोला ३ हजार ६ सय रुपैयाँले घट्यो
Online Khabar

काठमाडौं, १२ भदौ । पछिल्लो दुई दिनमा सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ।

महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबारको मूल्य ३ लाख २२ हजार १ सय रुपैयाँ थियो। यससँगै दुई दिनको अवधिमा सुनको मूल्यमा ३ हजार ६ सय रुपैयाँको गिरावट आएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि दुई दिनमा प्रतितोला १० रुपैयाँ घटेको छ। बुधबार प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी बिहीबार ४ हजार ९६५ रुपैयाँमा झरेको थियो। शुक्रबारका लागि पनि चाँदीको मूल्य प्रतितोला ४ हजार ९६५ रुपैयाँ नै कायम गरिएको छ।