चालु आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। न्यूनतम समर्थन मूल्य तथा न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका २०८२ को आधारमा सो मूल्य तोकिएको हो।
निर्धारित मूल्यअनुसार चालु आर्थिक वर्षमा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ४ हजार १०७ रुपैयाँ कायम भएको छ।
गत आर्थिक वर्षमा भने गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ९४५ रुपैयाँ थियो।







