मुख्य सामग्रीमा जानुहोस्

एक्जिम कोड नयाँ दर्ताभन्दा खारेजी बढी, वैदेशिक व्यापारमा संलग्न फर्म घट्दै

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नयाँ दर्ता हुने एक्जिम कोडको संख्या खारेज हुनेभन्दा निकै कम रह्यो । वैदेशिक व्यापारमा संलग्न फर्म तथा कम्पनीमा कटौती भएको संकेत यसले गर्छ । भन्सार एजेन्ट र बन्डेड वेयरहाउसको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
एक्जिम कोड नयाँ दर्ताभन्दा खारेजी बढी, वैदेशिक व्यापारमा संलग्न फर्म घट्दै
Online Khabar

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा निकासी तथा पैठारीका लागि अनिवार्य मानिने निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) नयाँ दर्ता हुनेभन्दा खारेज हुने संख्या धेरै गुणा बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यसले वैदेशिक व्यापारमा संलग्न फर्म तथा कम्पनी उल्लेख्य रूपमा घटिरहेको संकेत गरेको विभागको तथ्यांकले जनाएको छ ।

विभागका अनुसार सो आवमा ४ हजार ७ सय ४८ एक्जिम कोड नयाँ दर्ता भए । सोही अवधिमा खारेज हुने कोडको संख्या २९ हजार ७ सय १५ पुग्यो, जुन नयाँ दर्ताको तुलनामा करिब ६ गुणा बढी हो । यी दुई संख्याबीचको फरकले वैदेशिक व्यापारमा सक्रिय इकाई घट्दै गएको देखाउँछ ।

यसै आवमा ५२ हजार ३० एक्जिम कोड नवीकरण भएका छन् । पुराना कोड नवीकरणतर्फको संख्या नयाँ दर्ताको भन्दा निकै माथि छ, जसले नयाँ व्यापारिक इकाई थपिने क्रम सुस्त भएको संकेत गर्छ ।

सरकारले आर्थिक वर्ष २०७६/७७ देखि एक्जिम कोड अनिवार्य गरेको हो । अहिले यस्तो कोड नयाँ दर्ता र नवीकरण दुवै काम अनलाइनमार्फत गर्न सकिन्छ ।

भन्सार एजेन्ट र बन्डेड वेयरहाउस

गत आवमा भन्सार एजेन्टको लाइसेन्स २६ जनाको खारेज भएको छ भने ३ सय ४२ जनाको नवीकरण भएको छ । विभागको तथ्यांकअनुसार अघिल्लो आवमा नवीकरण भई कायम भन्सार एजेन्टको संख्या ६ सय ६७ थियो ।

बन्डेड वेयरहाउसतर्फ अघिल्लो आवमा ९१ वटा नवीकरण भई कायम भएका थिए । त्यसपछिको आर्थिक वर्ष २०८२/८३ मा १५ वटा बन्डेड वेयरहाउस नयाँ दर्ता भएका छन् र १ सय ४४ वटाको नवीकरण भएको छ ।