मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीका मृतकको चीरशान्ति कामना गर्दै पर्यटन बोर्डमा बत्ती बालियो

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्ज्वलन गरियो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलसहित पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
भोटेकोशी बाढीका मृतकको चीरशान्ति कामना गर्दै पर्यटन बोर्डमा बत्ती बालियो
eKantipur

रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको बाढीले पुर्‍याएको क्षतिप्रति शोक प्रकट गर्दै सोमबार साँझ नेपाल पर्यटन बोर्डमा सामूहिक दीप प्रज्ज्वलन भएको छ। भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको स्मरण गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा सहभागीहरूले बाढीमा ज्यान गुमाएका सबैप्रति शोक प्रकट गर्दै केही समय मौन बसेका थिए। उनीहरूले दिवंगत आत्माको शान्तिको कामना गर्नुका साथै घटनामा सम्पर्कविहीन भएका नेपाली तथा विदेशीको खोजी र उद्धार कार्य चाँडो सफल हुने कामना गरेका छन्।

भदौ १० को बाढीले भोटेकोशी नदी र त्यससँग जोडिएका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। रसुवा, नुवाकोटलगायत जिल्लाका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन् भने सो क्षेत्रबाट आवतजावत गरिरहेका पर्यटक र यात्रुहरू पनि बाढीको मारमा परेका छन्।

बाढीपछि पर्यटकहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्ने र उनीहरूलाई परिवारसँग सम्पर्क गराउने कार्यमा पर्यटन क्षेत्रका सरकारी निकाय र निजी क्षेत्रले संयुक्त रूपमा काम गरिरहेका छन्।

दीप प्रज्ज्वलन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, पर्यटन बोर्डका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो।