मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढी: दुई महिना हुन लाग्दा पनि बेपत्ता इन्जिनियर अजयको पत्तो छैन, परिवारको गुनासो

भोटेकोशी बाढीमा परी बेपत्ता भएका इन्जिनियर अजयको अत्तोपत्तो करिब दुई महिना बित्न लाग्दा पनि नलागेको छ । परिवारले नुवाकोटको बट्टारदेखि रसुवासम्म खोजी गरे पनि कुनै संकेत नभेटिएको र सरकारी पहल प्रभावकारी नदेखिएको गुनासो…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
भोटेकोशी बाढी: दुई महिना हुन लाग्दा पनि बेपत्ता इन्जिनियर अजयको पत्तो छैन, परिवारको गुनासो
eKantipur

भोटेकोशी बाढीमा परी बेपत्ता भएका इन्जिनियर अजयको अत्तोपत्तो करिब दुई महिना बित्न लाग्दा पनि नलागेको छ । उनको खोजी तथा पहिचानका लागि सरकारले ठोस पहल नगरेको भन्दै परिवारले असन्तुष्टि जनाएको छ ।

अजयका बुबा हरिनारायणका अनुसार अहिलेसम्म उनको कुनै संकेत भेटिएको छैन, शव पनि फेला परेको छैन । घरपरिवारसँग बुबाको खोजी गर्ने नातिलाई दिने कुनै जवाफ नभएको उनको भनाइ छ । बेपत्ता भएका व्यक्तिकै कमाइमा घर चलेका परिवार धेरै रहेको र ती परिवारको अवस्था थप कष्टकर बनेको उनले बताए ।

बाढीपछि परिवारजन अजयको खोजीमा नुवाकोटको बट्टारस्थित नं. १ सैन्य तालिम केन्द्रसम्म पुगेका थिए । आमसञ्चार प्राधिकरण मधेश प्रदेशका पूर्वअध्यक्षसमेत रहेका दाजु श्यामसुन्दर र भाइ जयप्रकाशलगायत परिवारका सदस्य रसुवा पुगेर पनि खोजी गरेका थिए । तर चौतर्फी प्रयासका बाबजुद उनको पत्तो लाग्न सकेन ।

पहिचानका लागि हरिनारायण गत भदौ १९ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुगेर डीएनए परीक्षणका लागि रगतको नमुना दिइसकेका छन् ।

बाढीले सर्वस्व गुमाएका परिवार पालमुनि रात काट्न बाध्य रहेको उल्लेख गर्दै उनले तीन तहको सरकार हुँदाहुँदै पीडित परिवारसम्म कुनै निकाय नपुगेको बताए । बेपत्ताको खोजी र पहिचान गर्ने दायित्व सरकारकै भएको भन्दै उनले जनप्रतिनिधिको जवाफदेहिता प्रस्ट हुनुपर्ने माग गरेका छन् ।