जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार यो आदेश जारी गरेको हो।
बिमासम्बन्धी कसुरमा अदालतले अग्रवाललाई दुई करोड र भट्टलाई डेढ करोड रुपैयाँ धरौटी तोकेको छ। त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड र भट्टलाई एक करोड रुपैयाँ धरौटी माग गरिएको छ। धितोपत्र सम्बन्धित अर्को मुद्दामा भने अदालतले अग्रवालसँग दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।

